शनिबार, ०९ जेठ २०८३

१६ अंकले बढ्याे शेयर


काठमाडौं । कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार १६.३८ अंक बढेको छ । अघिल्लो दिन १२ अंक घटेकोमा यस दिनको वृद्धिसँगै नेप्से २७५८ अंकमा कायम भएको छ ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको भयो ।

कुल २०३ कम्पनीको मूल्य बढ्दा ५७ कोृ घट्यो भने ८ को स्थिर रह्यो । जलविद्युत् समूह सबैभन्दा धेरै १.२९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.६१, विकास बैंक ०.३९, फाइनान्स ०.२८, होटल तथा पर्यटन ०.७५, लगानी ०.४३, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा ०.२८ तथा अन्य समूह ०.२७ प्रतिशत बढे ।

व्यापार समूह ०.४२ प्रतिशत घट्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.८१ प्रतिशत बढ्यो । माबिलुङ इनर्जीको ९.६४, आँखुखोला जलविद्युतको ६.९३, सुपरखुदी हाइड्रोपावरको ६.७४ तथा झापा इनर्जीको ६.६९ प्रतिशत मूल्य बढ्यो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ