सोमबार, ०८ पुस २०८१

श्रीलङ्कामा कम्युनिष्ट नेता राष्ट्रपति निर्वाचित !


श्रीलङ्कामा आइतबार भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित हुने सम्भावना बढेकाे छ ।

सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका दिसानायकेले आइतबार बिहानसम्म ५० प्रतिशत मत पाएका छन् । श्रीलंकामा राष्ट्रपति हुन ५१ प्रतिशत मत जरुरी हुन्छ।

१ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेको भारतीय अखबार टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल १ प्रतिशत मत पाएका छन् ।

श्रीलंकाको राष्ट्रपति पदका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । 

श्रीलंकामा दुई वर्ष अगाडि आर्थिक संकट चुलिएपछि विरोध प्रदर्शन भएको थियो । विरोध प्रदर्शन थेग्न नसकेपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छाड्न बाध्य भएका थिए । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ