- असार ०६, २०८०
काठमाडौं । सचिवालय बैठकमा नेताहरूले मार्गप्रशस्त गर्न सुझाव दिए पनि अध्यक्ष केपी ओलीले नेतृत्व नछाड्ने अडान व्यक्त गरेका छन् ।
शुक्रबारबाट जारी एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूले निरन्तर आ–आफ्ना धारणा राखिरहेका छन् ।
शुक्रबार पाँच जना उपाध्यक्षले धारणा राखेका थिए । त्यस्तै, शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ५ जना सचिवले धारणा राखेका छन् ।
शनिबार धारणा राख्नेमध्ये महासचिव शंकर पाेखरेल र उपमहासचिव योगेश भट्टराईले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे ।
नेताहरूबाट निरन्तर पार्टी रूपान्तरण र राजीनामाको दबाब दिएपनि ओलीले नेतृत्व नछाड्ने ओली निकट नेताहरुकाे भनाई छ ।
टिप्पणीहरू: