शुक्रबार, २९ चैत २०८१

शानदार म:म पसलमा ग्यास विस्फोटमा परी घाइते भएका २ जनाको मृत्यु


काठमाडौं। काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका २ जनाको मृत्यु भएको छ ।

विस्फोटमा घाइते भएका रविन राई र भीमबहादुर घलेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

गत बिहीबार बिहान शानदार म:म पसलमा सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए । तीमध्ये २ जनाको मृत्यु भएको हाे । प्रहरीका अनुसार अन्य घाइतेहरुकाे उपचार भइरहेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ