शुक्रबार, २९ चैत २०८१

शानदार म:म पसलमा ग्यास विस्फोट: घाइते थप एक जनाको मृत्यु


काठमाडौं। काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएकाे ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

विस्फोटमा घाइते भएका उदयपुरको उदयपुरगढी गाउँपालिका–७ का २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।

उनकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएकाे हाे।

गत माघ २४ गते शानदार म:म पसलमा सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए। तीमध्ये रविन राई र भीमबहादुर घलेको गत सोमबार मृत्यु भएको थियाे।

प्रहरीका अनुसार अन्य ८ जना घाइतेकाे उपचार भइरहेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ