- असार ०७, २०८०
काठमाडौँ, १२ भदौ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राइको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौँ–१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
प्रहरी उपरिक्षक अधिकारीका अनुसार १० भदौमा काठमाडौँ शंखमुल साईबाबा पार्कस्थित लक्ष्मी बान्तवाको दुई तले घरको भुइँ तल्लाको सटरभित्र उनका छोरा रुपकलाई कुमारले कुटपिट गरी घाइते बनाई फरार भएका थिए । बान्तबाको कुटपिट भएकै ठाउँमा मृत्यु भएको थियो ।
पक्राउ परेका एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रुपकको चेक, चस्मा, झोला, लुगा लगायतका सामान फेला परेको छ । प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
टिप्पणीहरू: