- असार ०७, २०८०
काठमाडाैं, ८ मंसिर । काठमाडौँ महानगरपालिकाले नेकपा (एमाले) लाई एक लाख रुपैयाँ जरिवाना तिराउने भएको छ।
शुक्रबार ‘काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको’ ठहर गर्दै महानगरले जरिवाना तिर्न एमालेलाई भनेको छ। काठमाण्डाैं महानगरपालिकामा मेयर बालेन छन् भने एमाले प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेकाे पार्टी हाे ।
नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,०००।०० (अक्षरेपी एक लाख) जरिवाना गरिएको’ जनाएका छन्।
टिप्पणीहरू: