सोमबार, २२ भदौ २०८३

जबरजस्ती करणी मुद्दामा फरार शाह  पक्राउ


पर्सा ।  प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ । अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका साहलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो करिब १ बजे उनकै घरबाट पक्राउ गरेको हो । 

छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा निवासी ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।  

सरकार वादी र साह तेली प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो ।  पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ