शनिबार, ०१ कात्तिक २०८२

नारायणगढ–मुग्लिन सडकखण्डमा सात वटा गाडी एकआपसमा ठाेकिए


काठमाडाैं ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा शनिबार बिहान सातवटा सवारीसाधन आपसमा ठोकिएका छन्।

प्रहरीका अनुसार बिहान करिब ७ बजे एकैपटक सातवटा गाडी एकअर्कासँग ठाेक्किएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार एक ट्रकले अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेका अन्य सवारीसाधन एकपछि अर्को ठोकिँदा शृंखलाबद्ध दुर्घटना भएको हो।

ठोकिएका सवारीसाधनमा ट्रक, बस, माइक्रोबस र केही निजी कार छन्।

दुर्घटनालगत्तै मुग्लिनस्थित इलाका प्रहरी कार्यालयको टोली पुगेर उद्धार सुरु गरेको प्रहरीले जनाएको छ।

घाइतेहरूको उद्धार जारी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ