- असार ०६, २०८०
काठमाडौँ । वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भई आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल, अस्पतालमा बेहोस अवस्थामा उपचारका लागि लगिएका गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डा दिवाकार सिंह थापाले जानकारी दिए ।
इलाममा सन् १९६० मा जन्मिएका लेखकसमेत रहेका गौतम गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक पनि थिए । उनको आइतबार अन्त्येष्टि गरिएकाे छ ।
टिप्पणीहरू: