शनिबार, २४ जेठ २०८२

वरिष्ठ पत्रकार चालिसेको निधन


काठमाडौँ । वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । 

अर्बुद रोगबाट पीडित उनको आज बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । आजै उहाँको गोकर्णेश्वर घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

गोरखापत्र संस्थानको अध्यक्ष र गोरखापत्र दैनिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका उनी प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष चालिसेका कथा, उपन्यास, नियात्रा, पत्रकारिता, बालसाहित्यका ५० पुस्तक प्रकाशित छन् ।

स्वर्गीय चालिसका दुई छोरा र एक छोरी छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ