बुधबार, ०६ फागुन २०८२

बनेपामा टिपरकाे ठक्करबाट स्कुटर चालकको मृत्यु, टिपरमा आगजनी


काठमाडाैँ। अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएकाे हाे।

दुर्घटनापछि स्थानीयले टिपरमा आगजनी गरेका छन्। घटनापछि तनावग्रस्त बनेको बनेपा क्षेत्र अहिले सामान्य बनेकाे छ। मृतककाे पहिचान खुलेको छैन। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ