- असार ०७, २०८०
काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले असन्तुष्टि जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले गरेको सम्झौतामा असहमति जनाएको हो ।
आन्दोलन सुरु भएकाे २९ औँ दिनमा बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच सहमति भएर आन्दाेलन फिर्ता भएकाे थियाे ।
फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको छ ।
साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात् सार्वजनिक गरिने जनाएको छ ।
टिप्पणीहरू: