- असार ०७, २०८०
काठमाडाैँ। काठमाडाैँकाे कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलकाे इजलासले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे हाे। अदालतकाे आदेशसँगै जोशी धरौटी बुझाएर रिहा भएका छन्।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोशीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि मुद्दा दर्ता भएको थियो। उनी कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए।
स्वर्णलक्ष्मी सहकारी ठगीकाे आरोपमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए।
टिप्पणीहरू: