- असार ०७, २०८०
काठमाडाैँ। नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
काठमाडाैँकाे कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेका उनी आइतबार अदालतमा उपस्थित भएका हुन्।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोशीविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो। उनी केही हप्ताअघि ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए।
कालीमाटीकाे स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै मुद्दा दर्ता भएका स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यसअघि नै धरौटीमा रिहा भइसकेका छन्।
टिप्पणीहरू: