सोमबार, ०८ पुस २०८१

सर्वोच्च अदालतको बोर्डमा कालो छ्याप्ने बिनु यादव पक्राउ


 काठमाण्डाै, ११ मंसिर । सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 मंगलबार सर्वोच्चको मुल गेट नजिक रहेकाे बिनुले बोर्डमा कालो छ्यापेकी थिइन् । 

यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।

यसअघि यादव आमरण अनशन पनि बसेकी थिइन् । सरकारसँग पाँच बुँदे सहमति भएपछि  अनशन तोडेकी थिइन् । सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ