- असार ०६, २०८०
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकार भ्रष्टाचारीकाे संरक्षित भएको आरोप लगाएको छ ।
पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारवाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए ।
भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सहकारी प्रकरणमा सम्बधित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसँग माग गरेको छ ।
बैठकले भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरि संसद् छलेर सरकारले अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोधमा मतदान गर्ने निर्णय गरेको छ ।
महासचिव भुसालले सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष निकालिएको बताए । बैठकले जनताका आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्याउने गरि आन्दोलनको कार्ययोजनाका रुपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको जानकारी दिए ।
टिप्पणीहरू: