शुक्रबार, ०५ वैशाख २०८२

अब कांग्रेसका कार्यकर्ताले रुख चिन्ह बाहेकमा भोट हाल्न पर्दैन : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी दिनमा नेपाली कांग्रेसका कार्यकर्ताले रुख चिन्ह बाहेकमा भोट हाल्न नपर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार प्युठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस अघि आफ्ना पार्टीका कार्यकर्तालाई अन्य चुनाव चिन्हमा भोट हाल्न लगाएकोमा गल्ति भएको स्वीकारे । ‘अघिल्लो पटक हामीबाट गल्ति भयो अब त्यस्तो हुँदैन ।’ उनले भने ।

सरकार सञ्चालनका सन्दर्भमा कानुनी शासनमा सम्झौता गर्नु परेमा कांग्रेसले सरकार छाड्ने समेत दाबी गरे ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ