शुक्रबार, २९ चैत २०८१

सिरहाकी रिंकु मृत्यु प्रकरणमा जाेडिएका आठ जना पक्राउ


काठमाडौँ । सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर–१ बस्ने १७ वर्षीय किशोरीको शङ्कास्पद मृत्युबारे अनुसन्धान गर्न प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । माघ ३० मा रिंकुकुमारी सदा घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनको मृत्युअघि ‘बलात्कार’ घटना मिलाउन भनेर छलफल गराउने पञ्चहरूसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा पञ्चायत बस्ने र घटना मिलाउन भूमिका खेल्नेहरू छन् । प्रत्यक्षदर्शीहरूलाई पनि प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ । उनीहरू संलग्न देखिए मुद्दा चलाइने एसएसपी कोइरालाले जानकारी दिए । 

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् । बलात्कारमा संलग्नहरु अहिलेसम्म फरार छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ