बुधबार, ०६ जेठ २०८३

२० दिन विदा बसिन् सपना मल्ल


काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन् । प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्ति भए लगत्तै उनी  बिदा बसेकी हुन् ।

शर्माकाे सपथमा पनि मल्ल अनुपस्थित थिइन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिए ।

 संवैधानिक परिषदले आफूभन्दा जुनिएर डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट थिइन् ।

डा. शर्माले मंगलबार संसदीय सुनुवाइको प्रक्रिया सकेर सोही दिन नै शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ