सोमबार, ०८ पुस २०८१

‘सञ्चारमन्त्रीले माफी माग्नु पर्छ’


काठमाडौँ, १८ भदौ । नेपाल प्रहरीका पूर्वआईजीपीहरुको सङ्गठन ‘पूर्व प्रहरी सङ्गठन प्रमुख मञ्च’ले सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले माफी माग्नुपर्ने बताएका छन् । 

सञ्चारमन्त्रीले ‘प्रहरी महानिरीक्षक (आईजीपी)को जिब्रो थुत्नुपर्ने’ भनेर अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापको गरेको निष्कर्ष निकाल्दै मञ्चले सञ्चारमन्त्रीले माफी माग्नुपर्ने बताएको हो  । मञ्चद्धारा निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘यस मञ्च माननीय मन्त्रीज्यूलाई तत्काल उक्त बचन फिर्ता लिएर नेपाल प्रहरी सङ्गठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्नु हुन र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन आग्रह गर्दछ ।’

पूर्वआईजीपी मञ्चले प्रधानमन्त्रीसँग त्यसबारे आवश्यक कदम चाल्न अनुरोध पनि गरेको छ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ