- असार ०७, २०८०
काठमाडाैँ। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ।
घुस लनेदने गरी भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे।
उनीमाथि एफ–५ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दिपक आनन्दसँगको मिलेमतोमा ठेक्कापट्टा गरेको र त्यसबापत घुस लिएको आरोप छ।
पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय माग गरिएकाे छ।
टिप्पणीहरू: