सोमबार, ०८ पुस २०८१

सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो


काठमाडौँ, २९ कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६० हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको महासङ्घले जनाएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ