सोमबार, ०८ पुस २०८१

सेनाका भगाैडाले गरेका थिए क्यम्पस प्रमुख कसुवाहाकाे हत्या


काठमाण्डाैऽ १३ मंसिर ।  बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुसवाहाको हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली सेनाका भगौडा रहेका बाराकै आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुसवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

२०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम्पस प्रमुख कुसवाहाको हत्या भएको थियो। उनको हत्यामा प्रयोग भएको हतियार  दुई थान पेस्तोल र सात थान गोली, चार वटा मोटरसाइकल र चार वटा मोबाइल, २ वटा ल्यापटप थान र ७ वटा सिमकार्ड पनि प्रहरीले बरामद  गरेको थियो।

पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक अनुसन्धान भएको छ। घटनामा सुरेन्द्रसहित १७ जनाको संलगता रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो।

घटनालगतै प्रहरीले चन्द्रमणिप्रसाद कुसवाहा, चाँदसीप्रसाद कुसवाहा, सुमेदकुमार कुसवाहा, विनोद राउत कुर्मी, राधेशकुमार पटेल, अबधलाल कुसवाहा, चुल्हाइ भन्ने श्रवणकुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरीलाई पक्राउ गरेको थियो। उनीहरूमध्ये राधेश र विनोद कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ