सोमबार, ०८ पुस २०८१

साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्न पहल गर्ने बताएका छन् ।

पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार नि:शुल्क गर्न पहल गर्ने बताएका हुन् ।

यस विषयमा आफूलाई नागरिकले फेसबुकमार्फत जानकारी गराएको भन्दै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले फेसबुक पेजमा लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’

राष्ट्रबैंकले डिजिटल भुक्तानीलाई प्राथमिकता दिएसंगै युवा पुस्तामा डिजिटल पेमेन्टमा अभ्यस्त हुँदै गएका छन् तर, एकपटककाे ट्रान्जेक्सनमा ११ रुपैयाँ पैसा काटिने गरेकाे छ । ट्रान्जेक्सन चर्काे भएकाे भन्दै सामाजिक सञ्जालमा गुनासाे गर्नेहरु बढ्दै गएका छन् । साेही गुनासाे सुनेपछि प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसंग छलफल गर्ने आश्वासन दिएका हुन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ