- असार ०७, २०८०
सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक सङ्घीय संसदमा दर्ता गरेका छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन्।
सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउँदै सभ्य समाजको निर्माण गर्ने उद्देश्यले विधेयक ल्याइएकाे बताइएकाे छ।
सामाजिक सञ्जालबाट कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जतीजस्ता कार्य गर्नेलाई पाँच लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्ने उल्लेख गरिएकाे छ।
पूर्णपाठ
टिप्पणीहरू: