- असार ०७, २०८०
काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका सांसद धनराज गुरुङ दम्पतीमाथि सहरकारीको ठगी अनुसन्धान हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधीसभा बैठकमा सांसद पराजुलीले गुरुङले सहकारी ठगी गरेको विषयमा मिडियामा सार्वजनिक भएको भन्दै प्रश्न गरे ‘धनराज गुरुङ र ज्योति गुरुङबारे छानबिन हुन्छ कि हुँदैन । ठगी लुकाउन सम्बधविच्छेद गर्नुभएको कुरा आएको छ ।’
कांग्रेस उपसभापतिसमेत रहेका गुरुङमाथी मितेरी बचत तथा ऋण सहकारीको १५ करोड हिनामिना गरेको आरोप लागेको छ । मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले धनराज र उनकी श्रीमती ज्योतीले १५ सहकारीको १५ करोड हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
टिप्पणीहरू: