- असार ०७, २०८०
काठमाडाैं, २५ कार्तिक । सहकारी ठगी प्रकरणमा बागलुङबाट पोखरा ल्याइएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज कास्की जिल्ला अदालतमा पेस गरिएको छ।
पोखरास्थित इमेज सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मेयर नेपालीलाई शनिबार बागलुङबाट पोखरा ल्याइएको थियो।
उनीविरुद्ध हिरासत अनुमति लिन प्रहरीले आज उनलाई अदालत लगेको हो।
इमेज सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि बागलुङ कारागारमा थिए।
नेकपा एमालेबाट निर्वाचित नेपालीले सो सहकारीमार्फत उनले बागलुङ र कास्की दुवै जिल्लाका बचतकर्ताको रकम ठगी गरेको आरोप छ । दुई जिल्लाका गरी मेयर नेपालीले दुई अर्बभन्दा धेरै रकम ठगी गरेकाे आराेप छ ।
टिप्पणीहरू: