शुक्रबार, २९ चैत २०८१

सहकारी ठगीको आरोपमा एमालेका जिसस प्रमुख थापा पक्राउ


काठमाडाैँ। सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा पक्राउ परेका छन्।

बेनीमा रहेको कुमारी सहकारी संस्थाको रकम हिनामिना गरेकाे मुद्दामा जिसस प्रमुख थापा आइतबार बिहान पक्राउ परेका हुन्।

एमालेबाट जिसस प्रमुखमा निर्वाचित उनीमाथि उक्त सहकारीकाे डेढ अर्ब रुपैयाँ हिनामिना गरेकाे आरोप छ।

एक वर्षअघि नै कुमारी सहकारीकाे रकम हिनामिनाका मुख्य योजनाकार थापा रहेको आरोपसहितको छानविन प्रतिवेदन प्रहरीले बुझाएको थियो।

प्रतिवेदनमा उक्त सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यलगायतमा दुरुपयोग गरेको उल्लेख गरिएकाे थियाे। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ