- असार ०६, २०८०
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा निर्वाचन गराउने घोषणा गरे लगत्तै स्वतन्त्र उम्मेदवार सागर ढकालको चर्चा सुरु भएको छ ।
ढकाल ०७९ सालको निर्वाचनमा डँडेलधुराबाट नेपाली कांग्रेसका सभापति समेत रहेका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका थिए ।
देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी हुँदा ढकालले १३ हजार ४२ मत पाएका थिए । उनले पाएको मतलाई महत्वपूर्ण मानिएको थियो । देउवाको गृहजिल्लामै ढकालप्रति त्यति धेरै मत जानुको कारण निर्वाचन मार्फत डडेलधुरावासीले पुराना पार्टीलाई सवक सिकाएको विष्लेष्ण गरेका थिए ।
रुपन्देहीमा निर्वाचन लड्ने तयारी स्वरुपनै ढकालले राष्ट्यि स्वतन्त्र पार्टीका नेताहरुसँग छलफल गरेका छन् यस विषयमा ढकालले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै स्थान रिक्त भएमा जुन निर्वाचन विधिबाट रिक्त भएको हो सोही प्रणालीबाट पूर्ति गरिने कानुनी प्रावधान छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यको नयाँ उपनिर्वाचन मिति घोषणा गरेको हो ।
आयोगका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता र सरोकार भएका सबैलाई आग्रह गरिएको बताइन्।
आयोगले निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता मङ्गलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्तासम्बन्धी कार्य स्थगन हुने कानुनी प्रावधानअनुसार तत्कालका लागि नामावली सङ्कलन कार्य रोकिएको प्रवक्ता अर्यालले बताइन्।
टिप्पणीहरू: