बुधबार, १८ असार २०८२

भाउजुलाई बलात्कार गरे अनि भिडियाे बनाएर ब्ल्याकमेल


भारतको उत्तरप्रदेश स्थित पीलीभीतमा भाउजुको बलात्कार गर्ने देवर पक्राउ परेका छन् । बीएसएफ जवान रहेका दाजु डियुटीमा गएका बेला देवरले भाउजुको बलात्कार गरेको र अश्लिल भिडियो समेत बनाएर ब्ल्याकमेल गर्ने गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

घटनाको बारेमा जानकारी पाएपछि प्रहरीले एक न्युज च्यानललाई जानकारी दिएपछि घटना सार्वजनिक भएको थियो । अहिले देवरसहित सात जनाविरुद्ध एफआइआर दर्ता भएको छ । देवर पक्राउ परेका छन् भने अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार विवाहपछि पीडित महिला सासुसँग बस्दै आएकी थिइन् ।

एक्लो भएको मौकामा देवरले भाउजुलाई बलात्कार गरेका थिए । महिलाका श्रीमान घर आएको बेला देवरले उक्त भिडियो देखाएका थिए । पीडितका माइती पक्षले घरवालाले पीडित महिलालाई मार्ने प्रयाश गरेको समेत आरोप लगाएका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ