- असार ०६, २०८०
मोरङ, ११ पुस । मोरङको जहदा गाउँपालिका–३ खदरा बस्तीकी एक २२ वर्षीया दलित महिलालाई हातखुट्टा बाँधेकाे अवस्थामा बाँसघारीमा भेटिएकी छिन् । उनकाे सामुहिक बलात्कार भएकाे प्रहरीले जनाएकाे छ ।
मंगलबार बिहान शौच गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमा कपडा कोचिएको तथा हातखुट्टा बाँधिएको अचेत अवस्थामा भेटिएकी थिइन् । स्थानियले देखेपछि प्रहरीद्वारा उद्धार गरेर कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचारपछि साँझ होसमा आएकी ती महिलाले शौचस्थलबाट आफूलाई अपहरण शैलीमा बाँसघारीमा लगेर हातखुट्टा बाँधी सामूहिक बलात्कार गरिएको बताएकी छन् । पीडित महिलाको बयानका आधारमा मंगलबार तीन र बुधबार एक गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपडा च्यातिएको अवस्थामा उद्धार गरिएकी उनको शरीरका विभिन्न स्थानमा नीलडाम छन् । अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको जनाएपछि बुधबारदेखि उनलाई विराटनगरकै एक आश्रयस्थलमा राखिएको छ ।
प्रहरीले मंगलबार कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मोहम्मद गुल्जारलाई पक्राउ गरेको थियो भने बुधबार बिहान थप एक जना पक्राउ परेका छन् । पीडितको बयानपछि उनीहरू पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।
टिप्पणीहरू: