- असार ०६, २०८०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरूमा ढिलाई भएको बताएको छ।
आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसद अधिवेशन, विधेयकको अवस्थालगायतका बारेमा सभामुखले चासो राखेको बताए । साे क्रममा आफूहरुले विधेयकहरूमा ढिलो हुनुको कारण सत्ता पक्षकै प्रतिनिधिसँग सोध्न सुझाव दिएको उनले बताए।
उनले भने, ‘विधेयकहरुको बारेमा विपक्ष दलहरुको तर्फबाट त उपस्थित भएकै छौं समितिमा हाजिर हेरेपनि हुन्छ । तर सत्तापक्षकै तर्फबाट सरकारकै मन्त्रीहरु उपस्थित नभएर ढिलो भएको हो । सत्ता पक्षकै सांसद धेरै छन् । ढिलो हुनुको कारण सत्ता पक्षकै प्रतिनिधिसँग संसद सचिवालयले कुरा गर्दा हुन्छ।’
उनले अध्यादेशका बारेमा सरकारले संसद्लाई राम्रोसँग रेस्पोन्स नगरेकाे बताए।
उनले विधेयक फिर्ता नलिई अध्यादेश ल्याइएकोबारे सभामुखले र संसद सचिवालयले पनि सरकारसँग कुरा गर्नुपर्छ भन्ने धारणा राखेको बताए ।
टिप्पणीहरू: