बुधबार, ०३ भदौ २०८३

रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा जारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी छन् । पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको  उनले बताउनुभयो ।

सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताए। 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ