- असार ०६, २०८०
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधी सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा ‘नेपाललले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।
प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीले माफी माग्नु पर्ने अडान राखिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेता दुई कित्तामा उभिएका छन् । केही नेताहरुले बालेनको भनाई ढाक छोप गर्न खोजे पनि केही नेताहरुले भने प्रधानमन्त्रीले नेपालले भारतको जमिन मिचेको विषयमा प्रमाण दिनु पर्ने धारणा राखेका छन् ।
सांसद आशिका तामाङले प्रधानमन्त्रीले प्रमाण पेश गर्न आग्रह गरेकी छिन् भने कमेडियन एवं रास्वपा नेता हिमेश पन्तले पनि सोही आशयको धारणा राख्दै प्रधानमन्त्रीलाई अपशब्दयुक्त गाली गर्न नहुने बताएका छन् ।
टिप्पणीहरू: