बुधबार, २७ जेठ २०८३

ठाउँ ठाउँमा झडप भएपछि रास्वपाकाे अधिवेशन स्थगित


काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेस प्रदेश अधिवेशन स्थगित गरेको छ । अधिवेशनसँग सम्बन्धित सबै गतिविधि रोकिएको जनाएको छ। 

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मंगलबार सूचना जारी गर्दै मधेस प्रदेशको अधिवेशन स्थगित गरिएको जनाएका छन्। ‘मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरिएको छ,’ सूचनामा उल्लेख छ। 

मधेसमा जिल्ला अधिवेशन र प्रतिनिधि छनोटका विषयमा झडप हुन थालेपछि रास्वपाले प्रदेश अधिवेशन स्थगित गरेको हो। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ