मङ्गलबार, १० असार २०८२

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनबारे रास्वपा र राप्रपाकाे असहमति


काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध जारी राखेकाे छ। 

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाए। त्यसलगत्तै सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिए। त्यसपछि दुवै पार्टीका सांसदहरु आ–आफ्नो स्थानमा आसनग्रहण गरी सभा सञ्चालनको वातावरण बनाए।

गृहमन्त्री लेखकले समय माग गर्दै संसद्मा सांसदहरुले उठाएको विभिन्न विषयबारे जवाफ दिए। बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठनबारे जानकारी गराएका थिए।

सरकारले गठन गरेको छानबिन समितिमा प्रतिपक्षी दुई दल स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असहमति जनाएका छन्।

रास्वपाका सांसद् डा स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा गठित उक्त समितिलाई आफूहरुले अस्वीकार गर्ने बताए।

उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा संसदीय छानबिन समिति गठन आवश्यक भएको बताए।

यस्तै राप्रपाका सांसद ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणका सन्दर्भमा विगत १८ वर्षमा नियुक्त भएका १४ जना गृहमन्त्री उपर छानबिनको माग गरे। ‘अहिले गठित समितिमा हाम्रो असहमति छ, यो समितिले न्याय दिन सक्दैन, यो राजनीतिक र सत्तास्वार्थभन्दा माथि हो, यस प्रकरणमा जो सुकै दोषी भए पनि कारबाही गर्नुपर्छ’, उनले भने।

बैठकमा आफ्ना धारणा राखेपछि दुई दलले बैठक बहिस्कार गरेका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ