मङ्गलबार, ०२ वैशाख २०८२

भृकुटीमण्डपमा अनुमति नपाएपछि राप्रपाले आमसभा बल्खुमा गर्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको आमसभा बल्खुमा गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भृकुटीमण्डपमा अनुमति नदिएपछि राप्रपाले बल्खुमा आमसभा गर्न लागेकाे हाे ।

राप्रपाले भृकुटीमण्डपमा सभा गर्न अनुमति मागेकाे थियाे । तर जिल्ला प्रशासनले सुरक्षा कारण देखाउँदै बल्खु वा सिफलमा सभा गर्न अनुरोध गरेको थियो । साेहीअनुसार बल्खुमा सभा गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्रपाले भोलिदेखि क्रमिक रूपमा आन्दोलन अगाडि बढाउने छ। भोलिको सभालाई अध्यक्ष राजेन्द्र लिङदेनसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

यसअघि चैत १५ गते राजावादीलेहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासनले सतर्कता अपनाउँदै राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न राेक लगाएकाे हाे ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ