आइतबार, ०७ वैशाख २०८२

राप्रपाकाे आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै शिक्षकहरूले छोट्याए प्रदर्शन


काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गर्ने भएपछि आन्दोलनरत शिक्षकहरूले आजको प्रदर्शन सकाएका छन् ।

शिक्षकहरूले बिहान ९ बजेदेखि प्रदर्शन गरेर ११ बजेअघि नै आजकाे विरोधका कार्यक्रम सकेका हुन् ।

राप्रपाले आज दिउँसो बिजुलीबजार पुलमा प्रदर्शन गर्न लागेपछि शिक्षकहरुले प्रदर्शन छोट्याएका हुन् ।

उनीहरूको आन्दोलनका कारण घुसपैठ हुन सक्ने शिक्षकहरुले आजकाे प्रदर्शन छिट्टै सकेकाे बताइएकाे छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ