- असार ०६, २०८०
काठमाडौं । राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक खुस्बु ओलीले अर्थमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुने धारणा राखिन् ।
उनले भनिन्, ‘आज अर्थमन्त्रीज्यू आउनुभएको छ, उहाँले यस संसद्मा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अब अपरिहार्य बनिसकेको छ। त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर, सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँले आफू आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ।’
टिप्पणीहरू: