- असार ०७, २०८०
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरासंग नाम जाेडिएकी रोशनी शाही मृत फेला परेकी छिन् ।
बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध शाहीले बलात्कारकाे उजुरी दिएर पछि फिर्ता लिएकी थिइन् ।
आइतबार दिउँसो कोठाभित्रै मृत अवस्थामा फेला परेकाे प्रहरीकाे भनाई छ ।
घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । मृतक शाहीका छोराछोरी विदेशमा छन् भने श्रीमान् कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू: