शनिबार, २४ जेठ २०८२

सप्तरीमा डाँकाले घरमुलीकाे हत्या गरेर धनमाल लुटे


सप्तरी ।  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नुका साथै एक जनाको हत्या गरेको छ । 

बिहीबार राति डाकाको एक समूहले  कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुट्नुकाे साथै उनकाे हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिए ।  डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् । 

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ