सोमबार, २२ वैशाख २०८२

ऋषिकेश पत्नी अन्जलासहित ६ जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन


काठमाडाै‌ ।  सहकारीको रकम अपचलन अभियोगमा जिल्ला अदालत मोरङबाट धरौटीमा रिहा भएकी एमाले सांसद ऋषिकेश पाेखरेलकी श्रीमति अन्जला कोइरालासहित ६ जनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको छ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति समेत रहेका पोखरेलकी श्रीमती अन्जला मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी थिइन्।

उनीसहितका ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो।

जिल्ला अदालतको सोही आदेश बदर गर्दै उनीहरुलाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय मोरङ अदालत आएको उच्च अदालत विराटनगरका रजिस्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए।

उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना भएको अभियोगमा २६ जनाविरुद्द मुद्दा दायर भएको थियो।

 लामो समय फरर भएकी अञ्जला पुस २४ मा जिल्ला अदालतमा हाजिर भएकी थिइन् भने सोही दिन १० लाख  धरौटीमा  छुटेकी थिइन्।

कोइरालासहित रंगेली-२ का वडाध्य्क्ष सन्तलाल खवास, ज्योती बास्कोटा, लक्ष्मीदेवी कार्की राजवंशी सुमन लोहनी र सहकारीका पूर्व सञ्चालक मनोजकुमार सोनीको हकमा पनि जिल्लाको आदेश बदर गरी थुनामा राखेर पुर्पक्ष गर्न उच्च अदालतमा निवेदन परेको छ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ