- असार ०६, २०८०
काठमाडौं । कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका रेशम चाैधरी आफ्नो उम्मेदवारी दर्ता खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष समेत रहेका चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।
उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाह भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो ।
टिप्पणीहरू: