बिहिबार, ०८ माघ २०८२

रविले भने-नाम सचिन्छ, भान्जा भनिएकोमा कुनमानको आपत्ति


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा परेका केही नामका विषयमा प्रश्न उठेपछि केही सूचीमा परेका केही नाम हट्ने भएको छ ।

बुधबार पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी पार्टीका सभापति रवि लामिछानेले विधि भन्दा बाहिरको समानुपातिक नाम काटिने बताएका छन् ।
समय कम भएकाले समानुपातिक सूचीको नाममा केही कमजोरी भएको स्वीकार्दै लामिछानेले भने ‘पर्न नुहने मान्छे परेको रहेछ र विधी भन्दा बाहिरको नाम रहेछ भने काटिन्छ ।’ लामिछानेले भने ।

उर्जामन्त्री समेत रहेका उपसभापति कुलमान घिसिङले नामका विषयमा सामाजिक सञ्जालमा भएका टिका टिप्पणी असत्य, भ्रामक र नियोजित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले भनेका छन् ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’

साथै उनले पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट सूची तयार गरिएको बताएका छन् । ‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् ।’ उनले भनेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ