बिहिबार, २८ फागुन २०८२

१० कराेड क्षतिपूर्ति दावी गर्दै रविलक्ष्मी चित्रकारले खातीविरुद्ध दायर गरिन् मुद्दा


काठमाडौँ । जेनजी आन्दोलनको क्रममा आफ्नाे घरमा आक्रमणमा संलग्न भएकाे भन्दै रविलक्ष्मी चित्रकारले एक जना युवकविरुद्ध मुद्दा दायर गरेकी छिन्।

प्रहरी वृत्त स्वयम्भूमा चित्रकार र उनको निवासमा आगजनी गरेको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–११ घर भएका ३६ वर्षीय दिलबहादुर खातीविरुद्ध मुद्दा दायर भएकाे हाे।

प्रहरीले खातीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा मुद्दा दायर गरेको छ। चित्रकारले आगजनीमा १० करोड २४ लाख ५० हजार क्षति भएको भन्दै क्षतिपूर्ति भराउन पनि माग गरिएको प्रहरी वृत्त स्वयम्भूले जानकारी दिएकाे छ।

२४ गते जेनजी आन्दोलनका दिन काठमाडौँको डल्लुस्थित घरमा आगजनी हुँदा चित्रकार गम्भीर घाइते भएकी थिइन्।

लगत्तै उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ