- असार ०७, २०८०
काठमाडाैँ। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे आजको थुनछेक बहस सकिएको छ।
बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो। पीडित पक्ष र रविका तर्फबाट भोलि बहस हुनेछ।
भाेलि फेरि अदालतमा उपस्थित हुने सर्तमा रविलाई आज पनि परिवारको जिम्मा लगाइएको छ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा बयान दिन उनी बुधबार अदालतमा उपस्थित भएका थिए। बुधबार रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो। बिहीबारदेखि रविमाथि थुनछेक बहस सुरु भएको हो।
इजलासले आज अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेको थियो।
कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो।
टिप्पणीहरू: