- असार ०७, २०८०
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन्।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा बयान दिन लामिछाने बुधबार अदालतमा उपस्थित भएका हुन्।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्धकाे मुद्दा रुपन्देही अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ।
उनीविरुद्ध सुप्रिम सहकारी ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो। सोही मुद्दामा बयान दिन उनी मंगलबार रुपन्देही पुगेका हुन्।
कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो।
टिप्पणीहरू: