शुक्रबार, २९ चैत २०८१

रवि रुपन्देही अदालतमा उपस्थित, आजदेखि थुनछेक बहस


पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन्।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनकाे आरोप लागेका लामिछाने बिहीबार थुनछेक बहसका लागि अदालतमा उपस्थित भएका हुन्। उक्त मुद्दामा आजदेखि थुनछेक बहस हुँदैछ।

सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी बुधबार अदालतमा उपस्थित भएका थिए। बुधबार रूपन्देही अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो।

इजलासले आज अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेको थियो।

कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो।

उक्त सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ