- असार ०७, २०८०
काठमाडाैँ। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज तेस्रो दिन पनि बहस भइरहेकाे छ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा तेस्रो दिनको थुनछेक बहस भएको हाे।
शुक्रबार लामिछाने पक्षका तीनजना वकिलले बहस गरेका थिए। आज बाँकी रहेको बहस सुरु भएकाे हाे।
लामिछानेविरुद्ध रूपन्देही अदालतमा सहकारी ठगीकाे आराेपमा मुद्दा दर्ता भएपछि गत बुधबार अदालतमा उपस्थित भएर उनले बयान दिएका थिए। रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि थुनछेक बहस सुरु भएकाे हाे।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि मुद्दा दर्ता भएको हो।
टिप्पणीहरू: